भाइरल गायिका लक्ष्मी खड्का र गायक शनि विश्वकर्माको आबाजमा लोकदोहोरी गीत ‘मलाई माया नगर नगर…’ रिलिज भएको छ । पछिल्लो समयमा ब्यापक रुचाइएकी गायिका खड्का र गायक विश्वकर्माको पहिलो गीत मलाई माया नगर नगर बुधबार ए बि एस म्युजिक नामक युटुब च्यानल बाट रिलिज भएको हो ।
युनिक भोजराज बिकको लय तथा शब्द रहेको उक्त गीत रिजिल भएको केहि बेरमा नै चर्चा बटुल्न सफल भएको छ । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडिओलाई ए बि एस म्युजिकको ब्यानरमा तयार गरिएको हो ।
निर्देशक कपिल लामाले निर्देशनमा तयार पारिएको भिडिओमा चर्चित मोडल आशिर प्रताप जंग र सारिका केसीको दमदार अभिनय देख्न सकिन्छ । बिपिन क्षेत्रिको छायाँकन रहेको भिडिओको सम्पादन नबिन घर्ति मगरले गरेका हुन् ।