नेपाल पत्रकार महासंघको आज भएको निर्वाचनमा एसोसिएट प्रदेशको अध्यक्षमा बैकुण्ठराज पराजुली बिजयी भएका छन् ।
पराजुलीले ३ सय ९९ मत ल्याउँदा उनका प्रतिद्वन्दी धनबहादुर (डिबी) खड्काले २ सय ७५ मत ल्याएका छन् ।
२५ औं महाधिवेशनबाट एसोसिएट प्रदेशको अध्यक्षमा केपी ढुंगाना निर्वाचित भएका थिए । २६ औं महाधिवेशनमा ढुंगानाले केन्द्रीय सचिवमा दिएको आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
आज भएको निर्वाचनमा विभिन्न जिल्लामा मतगणना भैसकेको छ । केही जिल्लाहरुको नतिजा सार्वजनिक हुने क्रम जारी छ । सम्भवत भोली बेलुकासम्म सम्पूर्ण नतिजा सार्वजनिक हुनेछ ।