नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको फिल्म ‘श्री’ यही शुक्रबार अर्थात् २७ चैत्रदेखि देशभरका हलमा प्रदर्शन हुने भएको छ ।
लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको ‘श्री’ बारे मंगलबार राजधानीको सिडिसी सिनेमामा पत्रकार सम्मेलन गरि जानकारी दिइयो ।
नयाँं बर्षको अबसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल,बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ,सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् । पहिला केही ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो फिल्म हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफैले पहल गरेको बितरक करण श्रेष्ठले जानकारी दिए ।
सोसियल सस्पेन्स कथामा निर्माण गरिएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सहनिर्मातामा यम बराल,सूर्य सिम्खडा (साइराम),बाल शर्मा (टाइगर) र सिन्धु पौडेल गौतम छन् ।
‘बिषम परिस्थितिमा पनि नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउने हेतुले ‘श्री’ निर्माण गरिएको हो ’ हाल अमेरिकामा रहेका निर्देशक बोहराको भनाइ छ, ‘जम्मा छ दिनमा कुल ७२ घण्टा क्यामेरा रोल भएको यो फिल्ममा भरपुर मनोरञ्जनका साथै उपयोगी सन्देशसमेत प्रस्तुत छ ।’