पछिल्लो २४ घन्टामा नेपालमा थप २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १९ सय ७९ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ सय १३ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन ।
यस्तै, हालसम्म ६९ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ९४ हजार ६७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।