अक्षय कुमारले उनको सौर्यवंशी सह-कलाकार अजय देवगनको शुक्रबारको ५२ औं जन्मदिनमा शुभकामना व्यक्त गरे । उनले अजयसँगै क्यारियर शुरु गरेर अगाडी बढेको बताउँदै जन्मदिनको शुभकामना दिएका थिए ।
पहिलो चित्र उनीहरूको एक पुरानो फिल्मको थियो। दुबैले १९९० को दशकमा डेब्यू गरे १९९१ मा अजयले फुल और कान्टेसँग अभिनयको शुरुवात गर्दा अक्षयले सोही वर्षको सौगन्धसँगै आफ्नो करियरको शुरुआत गरे।
अजयले अक्षयलाई जवाफ दिदै लेखे “हाई अक्की, तपाईंसँग मेरो जीवन र क्यारियरको एक विशेष अंश रहनेछ। सम्झनाहरू प्रशस्त छन्, धेरै अनुभव र मायाहरु संगालेर राखेको छु ।”
दुई अभिनेताहरूले सुहाग खाकी (२००४) र इन्सान (२००५) सहित धेरै फिल्महरूमा सँगै काम गरेका थिए । अहिले उनीहरु रोहित शेट्टीको सौर्यवंशीमा फेरि देखिने छन्। अक्षय फिल्मको मुख्य अभिनेता हो भने अजयले रणवीर सिंहसँगै एक क्यामियोको रुपमा देखिने छन् ।