खै म किन यति धेरै भाग्यमानी
चम्किएको ललाट पुरै अभुक्त छ,
भाग्यरेखाले क्षितिजीय यात्रा तय गरेको देख्छु,
कहिले ललाट भरिने हो, कहिले भाग्य रेखाले सुर्जे चुम्ने हो ।
खै म किन यति धेरै भाग्यमानी
खुशी गुनगुनाउने संखहरु आफैलाई हेर्दै दिनरात आरति उतारी रहेछन
कष्ट छेदन गर्ने चक्रहरू पलभरमै दिशै बदलि रहेछन ।
खै म किन यति धेरै भाग्यमानी
चन्द्र प्रकाश छिर्ने दन्तलहर हास्नै छाडिसके
ज्ञानकुञ्जै सुँघ्ने बिशाल घ्राणम वासनाहीन भैसक्यो ।
खै म किन यति धेरै भाग्यमानी
सृष्टि दृष्टि दिने ठुला ठुला वाज नयनी,
आफ्नै गतिपथ देख्न नसकी आफैलाई लडाई रहेछन ।
अरुकै श्रुति दिने शान्त बिशाल कर्ण
सुरिलो भाकामा हराउनै छाडिसके ।
खै म किन यति धेरै भाग्यमानी
कुवा नै अटाउने नाभी, पुरुष जनेन्द्रिय पाएको छु
शास्त्रले दिएको भाग्यको गुण सबै अटाएको छु,
कर्म कर्मकै रेखामा कोरेको छु
रगतलाई पसिनामै दौडाएको छु
तर पनि म किन यति धेरै भाग्यमानी