दक्षिण कोरिया नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण सुरुवात गरेको छ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले नेपाली काँग्रेसको मौलिक प्रतिपादन राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल्य, मान्यता र आदर्शमा विश्वास गर्ने सङ्गठनको हितमा निरन्तर सक्रिय भएका पार्टी विधान, नियमावलीले तोकेको अनुशासन र आचारसंहिताको पूर्ण पालना गरेका जिम्मेवार नेपाली नागरिकहरु मध्ये नेपाली काँग्रेसको नयाँ क्रियाशील सदस्यता लिन योग्य इच्छुक व्यक्तिहरूको लागि नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको क्रियाशील वितरण समितिको बैठक सभापति आस्था विन्दु मल्लको विशेष उपस्थितिमा २८ मार्च २०२१ को सौल बैठकमा निर्णय भई विधिवत रुपमा नयाँ क्रियाशील सदस्यता खुल्ला गरेको सूचना जारी गरिएको छ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले उप सभापति जीतेन्द्र सिंह महताको संयोजकत्वमा महामन्त्री मित्रबन्धु काफ्ले, केन्द्रीय सदस्यहरू क्रमशः खेमराज देवकोटा, रत्न लिङ्थेप (लिम्बू )र कमल शाही सहितको पाँच सदस्यीय क्रियाशील वितरण समिति बनाएको छ।
क्रियाशील सदस्यता लिन इच्छुक योग्य नेपाली कांग्रेसजनहरुले नेपाली नागरिकता र पासपोर्टको फोटोकपी १/१ प्रति, पासपोर्ट साई जका फोटो-२ प्रति, क्रियाशील सदस्यता नवीकरण शुल्क २०,०००/- वन, नयाँ क्रियाशील सदस्यता शुल्क- ३५,०००/- वन र समितिले मागेको खण्डमा क्रियाशील फारममा भर्न आवश्यक पर्ने सम्पूर्ण विवरण उपलब्ध गराएर क्रियाशील सदस्यता लिन सकिने र क्रियाशील सदस्यता नवीकरण कार्य सुरु भइसकेको र नयाँ सदस्यताको हकमा क्षेत्रीय कार्य समितिसङ समन्वय गरी रितपूर्वक आएका योग्य व्यक्तिहरूलाई प्रदान गरिने, क्षेत्रमा काम गरेका साथीहरूलाई मुख्य प्राथमिकता दिइने र समितिले आवश्यक छानबिन गरी सभापतिले रुजु गरेर मात्र पार्टी केन्द्रमा पठाइने जानकारी जनसम्पर्क समितिले सूचित गरेको छ।
सक्रिय भई सङ्गठनमा काम गरेका कुनै पनि व्यक्तिहरूलाई नयाँ क्रियाशील सदस्यता दिनबाट वञ्चित नगरिने वितरण समितिका संयोजक जितेन्द्र महताले जानकारी गराएका छन् भने यस कार्यमा सहयोगी भूमिका निर्वाह गर्न हुन कोरिया बासी कांग्रेसजनहरुमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाकी सभापति आस्था विन्दु मल्लले अनुरोध गरेकी छिन।