बलिउडमा मिस्टर पर्फेक्सनिष्ट भनेर चिनिने आमिर खानलाई कोरोना संकमण भएको छ । कोरोना पोजेटिभ पाइएपछि आमिर खान होम क्वारेन्टिन बसेको भारतीय सञ्चारमाध्यम पिंकभिल्लाले जनाएको छ।
आमिरका प्रवक्तालाई उदृत गर्दै उक्त अनलाइनले लेखेको छ, ‘आमिर खान कोरोना पोजेटिभ भएका छन् । उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन् । उनी ठिक छन् । उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियमपालना गर्नुपर्छ । तपार्ईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’
उनीसँगै कियारा आडवानी पनि सुटिङमा थिइन् तर उनको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ । यो भन्दा अगाडी पनि रणवीर कपुर, मनोज विजेयपी, सिद्धार्थ चतुर्वेदी, तारा सुत्रिया, र सतिस कौशिक लगायतलाई दोस्रो चरणको कोरोना भाइरसको संक्रमण भइसकेको छ ।
आमिरले केहि दिन अघिमात्र सोसल मिडियाबाट टाढा रहने घोषणा गरेका थिए ।
पछिल्लो केही दिनयता भारतमा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ भने केही प्रान्तहरुमा लकडाउन सुरु गरिएको छ । खुला सिमाना भएका कारण यसको असर नेपाल पनि पर्न सक्ने भन्दै सचेतना अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले आम मानिसहरुमा आग्रह गरिरहेको छ ।