बलिउडको सबै भन्दा क्युट कपलको रूपमा रितेश देशमुख र जेनेलिया डिसूजालाई लिइन्छ । दुवै सोसल मिडियामा एक्टिभ हुने गर्छ र उनीहरूका फोटो र भिडियोहरू भाइरल भई रहन्छन् । उनीहरूका यस्ता फोटो र भिडियोहरूले फ्यानको धेरै माया पनि पाउने गरेको छ । हालसालै पनि जेनेलिया र रितेशको एक भिडियो ज्यादै भाइरल भईरहेको छ ।
उक्त भिडियोमा एक्सप्रेस प्रीति जिंटा पनि छन् । जेनेलियाले यसलाई बडो फनी अन्दाजमा बनाएको देखिन्छ र प्रीति सँग डाहा लागेको पनि देख्न सकिन्छ । यो भिडियो दुई वटा क्लिप मिलाएर बनाइएको छ । पहिलो क्लिपमा एउटा अवार्ड फंक्सन चलिरहेको छ । जहाँ प्रीति जिंटा आउँछिन् र रितेशले उनिसँग अँगालो मारेर औपचारिक किस गर्छन् ।
रितेश प्रीतिसँग हाँसी हाँसी कुरा गरेको पनि देख्न सकिन्छ । त्यो वेला सँगै उभिएकी जेनेलियाको अनुहारमा प्रीति प्रति जलन डाहा भएको सजिलै देख्न सकिन्छ । हुन त उनको अनुहारमा मुस्कान पनि देख्न सकिन्छ । तर यो मुस्कान नक्कली भएको थाहा पाउन सकिन्छ ।
अनि दोस्रो क्लिप्समा जेनेलिया ज्यादै रिसाएको र रितेशलाई पञ्च हानी रहेको देख्न सकिन्छ । उक्त रितेले जेनेलियालाई हात जोडी रहेको र लडिरहेको देख्न सकिन्छ । व्याकराउण्डमा गाना बजिरहेको सुन्न सकिन्छ । यो भिडियोलाई फ्यानहरूले धेरै लाई पनि गरेको छ ।
उक्त्त भिडियो प्रीती जिन्टा स्वयमले पनि शेयर गरेको छिन् ।