घुम्न रुचाउने मानिसहरूको लागि उपल्लो मुस्ताङ (अपर मुस्ताङ) प्राथमिकतामा पर्छ । रफ रोडमा कुद्ने गरी डिजाइन गरिएका बाइकहरूमा उपल्लो मुस्ताङमा धेरै युवाहरू पुग्ने भएता पनि १२५ सिसीको स्कुटरमा काठमाडौँदेखि उपल्लो मुस्ताङसम्मको यात्रा गर्ने साहसी युवती हुन् सारा श्रेष्ठ ।
काभ्रेको बनेपाकी श्रेष्ठ एमाहाको रेजेडआर १२५ सिसीको स्कुटरमै काठमाडौँदेखि उपल्लो मुस्ताङसम्म पुगेर फर्किएकी छिन् । काठमाडौँ आएपछि उनले आफ्नो अनुभव केटिएम दैनिकसँग बाँडेकी छिन् । उनीसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
काठमाडौँबाट पोखरा घुम्न जाने भनेर फ्रेवुअरीको दोस्रो साता काठमाडौँबाट हिँडेकी श्रेष्ठ पोखरा पुगेपछि एक जना साथीसँगको सल्लाहमा मुस्ताङसम्म जाने योजना बन्यो । काठमाडौँ लगायत सहरी क्षेत्रमा स्कुटर कुदाउने बानी भएकी श्रेष्ठलाई पोखरादेखि म्याग्दीको सदरमुकाम बेनीसम्म खासै अप्ठ्यारो लागेन तर त्यसपछिको बाटो भने निकै असहज थियो ।
एउटा स्वकुटीमा दुई जना युवती, बाटोमा माथिबाट ढुङ्गा खस्ला भन्ने डर भिरबाट तल हेर्दा कहालीलाग्दो खोच, फो व्हिलर गाडीहरू कुद्ने बाटोमा स्कुटर कुदाउन सहज थिएन । तैपनि नयाँ ठाउँ धेरैको मुखबाट मुस्ताङ र उपल्लो मुस्ताङको बारेमा सुनेका उनीहरूलाई जसरी हुन्छ पुग्नु थियो ।
कति ठाउँमा स्कुटरमा चढेका २ जना युवतीलाई देखेर स्थानीयहरूले भनेका थिए । ओहो नानीहरू त स्कुटरमा जाने रहेछ, नानीहरूले सक्नुहुन्न यो स्कुटरमा, तपाइहरू त दिनभरि पनि पुग्नुहुन्न ।
बिना तयारी गएको हुनाले उनीहरूलाई केही समस्याहरू पनि नआएका होइनन् । जाडोले गर्दा हात चल्ने नसक्ने भएको सारा श्रेष्ठ बताउँछिन् । स्कुटर डोहोराएर खोला तार्नुपर्ने थियो । स्कुटरको पछाडि बस्ने साथी भिडियो लिन थालिन भने श्रेष्ठले डोर्याएर खोला तारिन ।
मुस्ताङबाट अपर मुस्ताङ पुग्न त्यति सजिलो थिएन । मुस्ताङ पुगेपछि त्यहाँका मान्छेहरू यिनीहरू त मूर्ख नै रहेछन् समेत भने । मुस्ताङबाट अपर मुस्ताङ जान गाडीमा १ जनाको १० हजार लिन्छ भन्ने सुनियो । बिना तयारी गएको हुनाले उक्त बजेट थिएन अनि हामी स्कुटरमै अगाडी बढ्ने निर्णय गर्यौँ ।
कतै बस्ती नदेखिने मरुभूमि जस्तै देखि उपल्लो मुस्ताङमा जाँदा हात त झर्ला जस्तै भएको थियो । तर नेपाल चिन सीमासम्म पुग्ने धोको थियो । जति अगाडी बढ्यो त्यति चिसो बढ्दै थियो । साथसाथै हिमाल नजिकै देखिन्थ्यो । मौसमले साथ दिएको हुनाले घाम लागिरहेको थियो । जता हेर्यो त्यतै हिमाल देखिन्थ्यो ।
अलिक अगाडी पुगेपछि एउटा बिल्डिङ देखियो । त्यो चीनतर्फको रहेछ । निको तिर्खा लागेको थियो त्यसैले पानी खान भनेर अगाडी बढेको चिनिया सैनिकले नो नो नो नो भन्यो । ए चिनिया सैनिक यस्तै हुँदारहेछन् भनेर हामी त्यहाँबाट फर्कियौँ ।
हेर्नुहोस् भिडिओ