२०७७ साल फाल्गुनकष्णपक्ष फागुन २४ गते सोमवार दशमी तिथि पूर्वाभाद्रपदा नक्षत्र चन्द्रमा मकर राशिमा ।
मेष राशि– बोलीको प्रभावले काम बन्नेछ । प्रेममा सफलता पाइनेछ । विश्वास गरेकाले धोका देलान् सावधान रहनु होला । कामबाट फुर्सद कम मिल्ला । परिवारबाट सहयोग मिल्नेछ । भेलामा सहभागी बन्नु पर्नेछ । खान–पीनमा सावधान रहनु होला ।
वृष राशि–नचिताएको व्यक्तिबाट सहयोग मिल्नेछ । अप्ठ्यारा काममा सफलता पाइनेछ । दाम्पत्य जीवन प्रेम प्रसङ्गमा मनमुटाब होला । अरूको सहयोग मिल्ने छ । आम्दानी राम्रै सँग होला । खानपिनका विभिन्न परिकार प्राप्त होलान् ।
मिथुन राशि–प्रगति गर्न सकिने समय छ । रमाइलो यात्रा होला । काम गर्नमा उत्साह थपिनेछ । अर्थ आर्जन गर्ने समय छ । प्रेम प्रसङ्ग रमाइलो रहला । नसोचेको काममा खर्च होला । छुटपुट काम भई नै रहनेछ । घरपरिवारको समस्या समाधान होला ।
कर्कट राशि–मित्र जनसँग भेटघाट हुनेछ । सानो समस्याले ठुलो रूप लिन सक्छ । काम बिग्रन सक्छ सावधान रहनु होला । जुनसुकै कामलाई पनि हल्का नलिनु होला । परिश्रम बढी गनूँ पर्नेछ । मन डराउन सक्छ । नयाँ कामको अवसर आउने छ ।
सिंह राशि– शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । घरमा पाहुना लाई स्वागत गर्न पाइनेछ । पुराना साथीहरूसँग भेटघाट हुने देखिन्छ । घुमघाममा मन जाला । मान सम्मान प्राप्त हुने योग छ । विलासिताका सामानमा खर्च होला । खानपिनमा सजगता अपनाउनु होला ।
कन्या राशि–साता खर्चालु छ । शुभ समाचार सुनिएला । काममा उत्साह रहनेछ । दिनको अन्त्यमा आय–आर्जन राम्रै होला । परिवारमा राम्रो कामको सुरुवात हुनेछ । स्वास्थ्यका कुरामा सावधान रहनु होला । प्रेम–प्रसङ्गमा रमाइलो अनुभव रहला ।
तुला राशि–व्यवसायमा लाभ मिल्ने छ । कामहरू सजिलै सँग बन्नेछन् । आर्थिक कारोबार मा सावधान रहनु होला । फजुल खर्चबाट जोगिनु होला । आज रमाइलो रहनेछ । कर्मचारी कालागि फलदायी समय छ । सानातिनाकामा बढी समय लाग्न सक्छ ।
वृश्चिक राशि–अल्छीपनले सताउला । मनमा सन्तोष बढ्नेछ । पुरानो मित्रसँग भेटघाट होला । विपरीत लिङ्गीको साथ फलदायी रहला । कामको जस मिल्ने समय छ । कपडामा खर्च हुनेछ । प्रेम प्रसङ्ग रमाइलो रहला । व्यवसायमा नाफा हुनेछ ।
धनु राशि– रोकिएका कामहरू बन्नेछन् । प्रेममा रमाइनेछ । दिनको अन्त्यमा काममा बाधा उत्पन्न होला । छोटो यात्रा हुन सक्छ । नयाँ काममा लगानी होला । स्वास्थ्यमा चलाखी रहनु पर्नेछ । शुभ समाचार सुन्नु हुनेछ । भेटघाटमा रमाइलो हुनेछ । स
मकर राशि– कमाई का विभिन्न बाटाहरू दिमागमा आउने छन् । अपजस आउन सक्छ । आज विश्वास गरेकाले धोका देलान् । गोप्य कुरा नखोल्नु होला । परिवारबाट सहयोग मिल्नेछ । आज प्रेम प्रस्ताव आउन सक्छ । खेलकुद क्षेत्रमा राम्रो समय छ ।
कुम्भ राशि–सवारी साधनबाट सावधान रहनु होला । अरूको काममा खर्च गर्नु पर्ला । अपत्यारिला कामहरू बन्लान् । पठन–पाठनमा मन जानेछ । मङ्गलवार काममा बाधा देखिएला । सबैले सहयोग गर्ने समय छ । परिवारमा सुखको अनुभव हुनेछ ।
मीन राशि–प्रेमका रमाइला कुरा होलान् । काममा देखिएको समस्या आज समाधान हुनेछन् । प्रेम प्रसङ्गमा प्रगत होला । छोटो यात्राले मन रमाउनेछ । दिनको अन्त्यमा शुभ समाचार सुनिएला । काम गर्नमा मन जानेछ । कमाउने कुरामा राम्रै प्रगति हुनेछ ।