मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी रीमा अभिनयमा खासै जम्न सकिनन् । बरु उनी विभिन्न रियालिटी शो को होस्ट बनेका कारण चर्चामा छिन् । रीमाले थुप्रै म्युजिक भिडिओमा पनि अभिनय गरेकी छिन् । आफ्नो सुन्दर रुपमा कारण चर्चामा रहने रीमा पछिल्लो समय फिल्ममा भने खासै देखिएकी छैनिन् ।
उनले ऋतु, भिसा गर्ल, भाले फाइट लगायतका फिल्ममा अभिनय गरेकी छिन् । साथै उनलाई कोहलपुर एक्सप्रेसको एक गीतमा पनि देखिएको थियो । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै रमाउने गर्छिन् । उनले आफ्नो जीवनका प्रायः इभेन्टलाई सामाजिक सञ्जालका माध्यमबाट शेयर गरेकी हुन्छन् ।
नायिका रीमा विश्वकर्माले फेरि बिहेको कुरा गर्ने बेला भैसकेको बताएकी छिन् । केही समयअगाडि ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीसँग कुरा गर्दै रीमाले आफ्नो बिहेको प्रसंग कोट्याएकी थिइन् ।
संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी रीमाले भनिन्–‘अब बिहेको कुरा गर्दा हुन्छ । बिहेको कुरा गर्ने बेला भैसकेको छ ।’ तर, उनले दोश्रो बिहेको योजनाको बिषयमा भने केही पनि बताइनन् ।
संचारकर्मीले बिहेको प्रसंग कोट्याउँदा निर्देशक विशाल भण्डारीले बिहेको कुरा गर्दा रीमा उठेर हिड्न सक्ने बताएका थिए । त्यसको जवाफ दिदै उनले अब बेला भएको बताएकी हुन् ।
रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने पनि बताइन् । यस बिषयमा उनले भनिन्–‘हामी कोही पनि हरेक कुरामा पर्फेक्ट छैनौं । कहिलेकाही हामी कमजोर महशुश गरिरहेका हुन्छौं । हो, यस्तो बेलामा साथ दिने साथीको आवश्यकता पर्छ । यही नै मेरो विचारमा अर्थपूर्ण सम्बन्ध हो ।’
बिहे कहिले गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्–‘जब मलाई गर्नुपर्छ भन्ने लाग्छ अनी गर्छु । तर, मैले एकपटक बिहे गरेर थाहा पाइसकेँ कि, बिहे मेरा लागि महत्वपूर्ण छैन ।’ रीमाले बिहे गरेको २ बर्षमा उनको डिभोर्स भएको थियो ।
यहाँ हामीले सामाजिक सञ्जालमा रीमाले शेयर गरेका केही सुन्दर तस्वीर प्रस्तुत गरेका छौँ:
सामाजिक सञ्जालमा रीमा अपडेट भइरहन्छिन् ।
इन्स्टाग्राममा रीमाका ३ लाख ६४ हजार भन्दा बढी फलोअर्स छन् । बेलाबेलामा उनले सुन्दर तस्विरहरू फ्यानको लागि पोष्ट गरिरहेकी हुन्छिन् ।