किसुनजीको ‘काठमाडौँ पखाल्ने’ सपना, जसलाई धेरैले हाँसेर उडाउँथे

दुई दशक लामो उतारचढाव र रस्साकस्सीपछि मेलम्चीको पानी सुन्दरीजल झरेको छ । अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंबासीका धारामा बग्ने छ । शनिवार विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर सुन्दर जलमा पानी खसालेका हुन् । ‘हामीले युगान्तकारी सफलता प्राप्त गरेका छौँ । लामो समयदेखिको प्रतीक्षा पूरा भएको छ । केही दिनभित्रै तपाईँको धारामा पानी वितरण हुनेछ’, स्विच थिचेर सुन्दर जलमा पानी खसालेका प्रधानमन्त्री ओलीले भने ।
जहाँ प्रधानमन्त्री ओलीसहित सरकारको जम्बो टोली सुन्दरी जल पुगेको थियो ।उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, खानेपानी मन्त्री मणिचन्द्र थापा, सहरी …