नेपालमा थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिलाको संख्या ३७ र पुरुषको संख्या ७० रहेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १०७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ । जसमध्ये २ लाख ७० हजार ६८३ जना भाइरसमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ७८ जना संक्रमण मुक्त भएका हुन् ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ७ सय ९५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५३६ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ७९ हजार ०४७ जनाको पीसीआर परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा कुनै कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।