नेकपा नामको विवादमा फैसला मिति सरेको छ ।
आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिटको अन्तिम फैसला बिहीबार सुनाउने तय भएको थियो । पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द रहेका कारण फैसाल मिति पछि सरेको हो ।
गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरी निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएपछि कट्टेल अदालत गएका हुन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकता भई नेकपा गठन भएपछि नेकपा नामको विवादमा सुरु भएको थियो । किनकि नेकपा नामको दल पहिले नै दर्ता थियो । आयोगले दल गर्दा पनि सुरुमा अन्डरलाइन लगाएर गरेको थियो । पछि कोष्ठमा नेकपा राखियो । एकीकृत पार्टीलाई नेकपा नाम दिँदा निर्वाचन आयोगले अन्याय गरेको भन्दै न्याय माग्न यसअघि नै नेकपा दर्ता गरेका ऋषिराम कट्टेल सर्वोच्च पुगेका थिए । उनले २०७५ मङ्सिर २१ गते निर्वाचन आयोग, नेकपालगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।