दोलखामा भूकम्प गएको छ । बुधबार साँझ ६:४३ मा गौरिशंकर हिमालको आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।सो भूकम्प ४.२ रेक्टर स्केलको भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पले गरेको क्षतिबारे विवरण प्राप्त भएको छैन । नेपालमा २०७२ सालको भूकम्पछि ४ रेक्टर स्केल वा सो भन्दा साना भूकम्पहरु लगातार गइरहेका छन् ।