नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपाबीच बुधबार साँझ नै दोस्रो चरणको वार्ता पनि सकिएको छ ।
वार्ता सकारात्मक अवस्थातिर गएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताए । वार्ता विषय केन्द्रित रहेको उनको भनाइ छ, दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ। भट्टराईले भने ।
सरकार विप्लव नेकपाबीच बुधबार बिहान पनि वार्ता भएको थियो ।
दुवै चरणको वार्ताको नेतृत्व सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गरेका थिए ।
सरकार र विप्लव समूहले मंगलबार मात्र अलग अलग वार्ता टोली गठन गरेका थिए ।