एजेन्सी । बलिउडमा स्थापित नाम हो अभिनेता सुनिल सेट्टी । बलिउडमा उनले निकै हिट फिल्म तथा उत्कृष्ट अभिनयमार्फत दर्शकको मनमा राज गर्न सफल छन् उनी ।
उनकी छोरी अथियाले २०१५ मा फिल्म हिरोबाट बलिउडमा पाइला टेकिन् । तर उनी बलिउडमा जम्न सकिनन् । उनको ३ वटा मात्र फिल्म प्रदर्शनमा आए । त्योपनि त्यति सफल हुन सकेन । अब भने उनका भाई अहान शेट्टीले बलिउडमा डेब्यु गर्ने भएका छन् । मंगलवार अहान स्टारर पहिलो फिल्म तडप को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।
अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालको माध्यमबाट फिल्मको रोमान्टिक पोस्टर सार्वजनिक गरेका हुन् ।
अक्षयले फिल्मको पोस्ट शेयर गर्दै लेखेका छन्, अहान, तिम्रो लागि ठूलो दिन हो । मलाई आज पनि तिम्रो पिता सुनिल सेट्टीको फिल्म बलवानको पोस्टर याद छ र म आज तिम्रो फिल्मको पोस्टर रिलिज गर्दैछु । म निकै खुसी र गर्व महशुस गर्दैछु ।साजिद नाडियाडवाला निर्मित फिल्ममा अहानको अपोजिटमा तारा सुतारियामा छिन् । फिल्म २०२१ को सेप्टेम्बरमा रिलिज हुनेछ ।
Totally nailed the angry young man look here, looking forward to watching you on the big screen. Sending all my love and best wishes for #Tadap, in cinemas on 24th September.#AhanShetty @TaraSutaria @MilanLuthria @WardaNadiadwala @NGEMovies @foxstarhindi pic.twitter.com/bfCBdtvR77
— Akshay Kumar (@akshaykumar) March 2, 2021
यो फिल्म २०१८ मा रिलिज तेलूगु फिल्म आरएक्स को रिमेक हो । २ करोडमा बनेको उक्त फिल्म बक्स अफिसमा ब्लकबस्टर रही २७ करोडभन्दा बढीको व्यापार गर्न सफल रहेको थियो ।