पूर्वमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का काभ्रे क्षेत्र नं. २ का सांसदसमेत रहेका बाँस्कोटाका पिता हरिप्रसाद बाँस्कोटाको मंगलबार ९२ वर्षको उमेरमा निधन भएको हो ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका ४ नयाँगाउँ स्थित निवासमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बाँस्कोटाका ४ छोरा र ३ छोरी छन् । जसमध्ये गोकुल बाँस्कोटा कान्छा छोरा हुन् ।