बलिउडका स्टार हुन् जोन अब्राहम । एकभन्दा अर्को सुपर हिट फिल्म दिने जोन अब्राहम बलिउडमा स्थापित नाम हो ।
सन् २००३ मा रिलिज फिल्म ‘जीस्म’बाट बलिउडमा डेब्यु गरेका हुन् ।
आकर्षक जीउडालका कारण चर्चामा रहने अब्राहमको फ्यान फलोइङ्ग पनि धेरै नै रहेका छन् ।
हालै उनले इन्स्टाग्राम मार्फत न्यूड तस्बिर सेयर गरेका छन् । न्यूड तस्बिर सेयर गर्दै जोन अब्राहमले लेखेका छन् ‘म कपडाको पर्खाइमा छु ।’
न्यूड तस्बिर सार्वजनिक भएसँगै उनका फ्यानहरूले कपडा खोइ भन्दै कमेन्ट गरिरहेका छन् ।