साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।
तोलामा ५ सय रुपैयाँले घटेसँगै शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य ८८ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ८८ हजार ८ सय ५० रुपैयाँ थियो ।
बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको थियो । बुधवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयाँ थियो ।
शुक्रवार चाँदीको मूल्य पनि घटेको महासङ्घले जानकारी दिएको छ । महासङ्घका अनुसार शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।
यसअघि बिहीवार प्रतितोला १ हजार ३ सय ५५ रहेको चाँदीको मूल्य शुक्रवार तोलामा २० रुपैयाँ घटेर १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ ।