स्थानिय बजारमा आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । हिजो बुधबारको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज छापावाल सुनको मूल्य तोलाको ८९ हजार ३ सय कायम भएको ५ भने तेजावी सुनको मूल्य ८८ हजार ८५० कायम भएको छ ।
बुधबार यो मूल्य ८९ हजार ८ सय र तेजावी सुनको मूल्य ८९ हजार ३५० कायम भएको थियो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदीको मूल्य आज तोलामा १० रुपैँया घटेर १३ सय ५५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।