सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्।
लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।
नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए।
उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने ।
टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।
जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनले बताए। अहिले काठमाडौंको एक होटलमा उक्त कार्यक्रमको उद्घाटन भैरहेको छ । उक्त टेलिभिजन च्यानलले नेपाली भाषामा रामायण कार्यक्रम समेत प्रशारण गर्नेछ । त्यस्तै नायक राजेश हमालको प्रस्तुतीमा को बन्छ करोडपति पनि उक्त च्यानलबाट प्रशारण हुनेछ ।