बलिउड फिल्म ‘पिके’को सिक्वेल बन्ने भएको छ। सन् २०१४ को चर्चित फिल्म ‘पिके’को सिक्वेल बन्ने तयारी भइरहेको फिल्मका निर्माता विधु विनोद चोपडाले भारतीय अखबार पिंकभिल्लालाई जानकारी गराएका हुन्।
अभिनेता आमिर खान र राजकुमार हिरानीको सहकार्यमा ७ वर्षअघि निर्माण भएको चलचित्रको सिक्वेल बन्ने भएको हो। चलचित्रको अन्तिम दृश्यले सिक्वेल बन्ने सम्भावना छाडेको थियो।
६ वर्षअघि सार्वजनिक पिकेमा अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्माले अभिनय रहेको थियो। फिल्ममा आमिर ‘एलियन’को भूमिकामा थिए। यसको सिक्वेलमा भने अभिनेता रनवीर कपुर मुख्य भूमिकामा देखिने बताइएको छ।
स्क्रिप्ट लेखनको काम भइरहेको चलचित्र विधु बिनोद चोपडाले निर्माण गर्नेछन्। फिल्मको स्क्रिप्टको काम सकिएपछि छायाङ्कन थालिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
पिकेको अन्त्यमा ‘एलियन’ आमिर जुन ग्रहबाट आएका थिए, त्यहीँ फर्केको देखाइएको थियो। सोही बेला रनवीर कपुर नयाँ ‘एलियन’ पृथ्वीमा झरेको देखाइएको थियो। अब बन्ने सिक्वेलमा रनवीरको कथा समेट्ने निर्माता विधु विनोदले बताएका छन्। यद्यपि उनका अनुसार पटकथा लेखक अभिजित जोशीले अझैसम्म पटकथा लेखेका भने छैनन्।