नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
साताको पहिलो दिन अर्थात हिजो आइतबार तोलामा ८९ हजार रुपैंया कायम भएको सुनको मूल्य पनि पनि सोही मूल्यमा कारोबार हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको जानकारी अनुसार आज छापावाल सुनको मूल्य तोलाको ८९ हजार र तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५५० निर्धारण भएको छ । सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । आज चाँदीको मूल्य तोलाको १३ सय ३५ कायम भएको छ । यो मूल्य हिजोको तुलनामा ५ रुपैंया बढी हो ।