बलिउड अभिनेत्री करिना कपुर दोस्रोपटक आमा बनेकी छन् । उनले आइतबार बिहान दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छन् । उनी आमा बनेपछि उनीहरुलाई बधाई दिनेहरुको ओइरो लागेको छ ।
तैमुरको भाईको जन्म भएपछि ज्योतिषहरुले नयाँ नबाबको भविष्यको बारेमा भविष्यवाणी गर्न सुरु गरिसकेका छन् । करिनाको बुबा रणधीर कपुरले ज्योतिषीसँग परामर्ष गरेर नै २१ तारिकको साईत निकालेको बताउँदै आएका थिए ।
बलिउड अभिनेत्री कपुर ४० वर्षको उमेरमा दोस्रोपटक आमा बन्नेकी हुन् । करिना आमा बन्न लागेको गसिप केही समययता चलिरहे पनि करिनाका अभिनेता पति सेफ अली खानले सामाजिक सञ्जालमार्फत करिना आमा बन्न लागेको आधिकारिकरूपमा जानकारी गराएका थिए ।
करिनाले दोस्रो सन्तानलाई जन्म दिएपछि उनलाई आफन्त तथा फ्यानको बधाईको ओइरो लागिरहेको छ।
सेफ चौथोपटक बाबु बन्न लागेका हुन्। करिना सेफको दोस्री पत्नी हुन्। सेफको पहिलो पत्नी अभिनेत्री अमृता सिंहको तर्फबाट एक छोरा र एक छोरी छन्।
सेफकी २४ वर्षीया छोरी अभिनेत्री सारा अली खानले बलिउडमा कदम राखिसकेकी छिन्।