कतारको राजधानी दोहाबाट ३ वटा सुनको बाला लिएर आएका एक युवक त्रिभुवन विमानस्थानमा पक्राउ परेका छन् ।
सर्लाही मलंगवा न.पा.वडा नं. ३ स्थायी वतन भएका वर्ष ४१ को मो.मेराज मिकरानी त्रिभुवन विमानस्थलमा पक्राउ परेका हुन् । कतार एयरवेजको विमानबाट उनी काठमाडौं ओर्लिएपछि चेकचाँजको क्रममा पक्राउ परेको त्रिभुवन विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान गर्नको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ ।