नेपालमा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर ३ हजार ३२५ जनाको नमूना परिक्षण गर्दा ३३ महिला र ४७ पुरुष गरी कूल ८० जनामा भाइरसको संक्रमण देखिएको हो ।
योसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ। जसमध्ये २ लाख ६९ हजार ९७६ जना भाइरसमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा १२१ जना भाइरसमुक्त भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या १ हजार ४९४ रहेको छ ।