साताको पहिलो दिन अर्थात आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । शुक्रबार तोला ८८ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा ८ सय रुपैंयाले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ८९ हजार कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५५० कायम भएको छ । शुक्रबार तेजावी सुनको मूल्य ८७ हजार ७५० कायम भएको थियो ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलाको १३ सय ३० निर्धारण भएको थियो । शुक्रबार र शनिबार चाँदी १३ सय ५ रुपैंयामा किनबेच भएको थियो ।