करिना कपुर खान दोस्रो पटक आमा बनेकी छिन् । उनले दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छिन् । भारतीय सञ्चारमाध्यम पिंकभिल्लाको अनुशार आज उनले छोरालाई जन्म दिएकी हुन् ।
बलिउड अभिनेत्री कपुर ४० वर्षको उमेरमा दोस्रोपटक आमा बन्नेकी हुन् । करिना आमा बन्न लागेको गसिप केही समययता चलिरहे पनि करिनाका अभिनेता पति सेफ अली खानले सामाजिक सञ्जालमार्फत करिना आमा बन्न लागेको आधिकारिकरूपमा जानकारी गराएका थिए ।
करिनाले दोस्रो सन्तानलाई जन्म दिएपछि उनलाई आफन्त तथा फ्यानको बधाईको ओइरो लागिरहेको छ।
सेफ चौथोपटक बाबु बन्न लागेका हुन्। करिना सेफको दोस्री पत्नी हुन्। सेफको पहिलो पत्नी अभिनेत्री अमृता सिंहको तर्फबाट एक छोरा र एक छोरी छन्।
सेफकी २४ वर्षीया छोरी अभिनेत्री सारा अली खानले बलिउडमा कदम राखिसकेकी छिन्।