अमेरिकाको डेनभर नजिकै एउटा यात्रु बाहक विमान दुर्घटनामा परेको छ ।
विमानको एउटा इन्जिनमा खराबी आएपछि आपतकालीन अवतरणको क्रममा विमानका भग्नावशेषहरु व्यक्तिका घरहरुमा खसेको समाचार छ । तर बोइङ ७७७ को सो विमानमा सवार २ सय ३१ जना यात्रु र १० जना चालक दलका सदस्यहरु सबै सकुशल रहेका छन् ।
विमानमा सवार कोही पनि घाइते नभएको समाचार छ । विमानको अगाडिको इन्जिनमा खराबी आएपछि उडिरहेको विमानबाट टुक्राहरु टाढा टाढासम्म खसेको थियो ।
ब्रुमफिल्ड शहरका प्रहरीले विमानबाट खसेका भग्नावशेषका तस्वीरहरु सार्वजनिक गरेका छन् । अमेरिका स्थित संघीय उड्डयन प्रशासनले विमानको दायाँ भागको इन्जिन फेल भएको जनाएको छ ।।