यति एयरलाइन्सले झापाको भद्रपुर देखि काठमाडौंसममको हवाई भाडा २ हजार २ सय बनाएको छ ।
एयरलाइन्सले एक सूचना जारी गर्दै एति एयरको मोबाइल एप डाउनलोड गरेर प्रोमो कोड “ILOVEYETI” प्रयोग गरेपछि झापाको भद्रपुरबाट काठमाडौं आउनको लागि रु २ हजार २ सय रुपैंयामा हवाई टिकट उपलव्ध हुने जानकारी दिएको हो ।
एयरलाइन्सले सिमित सिट भएको र यो अफर भोली अर्थात फाल्गुन ४ गतेसम्म मात्र लागू हुने जनाएको छ ।
मोबाइल एप्समा यस्तै अन्य अफरहरु आउने भएकाले एप्स अपडेट राख्न भनिएको छ ।
यसअगाडी उक्त एयरलाइन्सले पोखरा काठमाडौंको भाडा रु १ हजार ५ सय को अफर सार्वजनिक गरेको थियो भने काठमाडौं विराटनगर वा विराटनगरबाट काठमाडौं आउने भाडा २ हजार कायम गरेको थियो ।