
नेपाली चलचित्रकी नायिका सुष्मा कार्कीको आज जन्मदिन परेको छ। १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म भएको थियो। बर्दिया जिल्लामा जन्मिएकी सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। मोडलिङ हुँदै चलचित्रमा लागेकी उनले दर्जनौँ म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्।
एक युट्युब च्यानलसँग दिएको अन्तरवार्तामा नायिका सुष्मा कार्कीले आफ्नो शरीरमा बलिउड अभिनेता सलमान खानसँगको ट्याटु रहेको खुलासा गरेकी छिन् ।
एक दशकअघि नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी सुष्मा कार्कीको अभिनय यात्रा फिल्म मेरो एउटा साथी छ बाट सुरु भएको थियो । फिल्म लुटको उध्रेको चोलीमा आइटम नृत्य गरेपछि उनी धेरैको नजरमा परेकी थिइन् । बोल्ड नायिकाको छवि बनाएकी कार्की नेपाली फिल्म क्षेत्रकी कन्ट्रोभर्सी क्विनका रूपमा पनि चिनिने गर्छिन्, भलै यसमा उनको सहमति छैन । तर कहिले प्रेम त कहिले कलाकारसँगको तिक्तता त कहिले आफ्नै अभिव्यक्तिको कारण उनी विवादमा भने आइरहन्छिन् ।
चलचित्र क्षेत्रमा भने उनलाई निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई हक्की र निडर नायिकाको रूपमा समेत चिनिने गरिन्छ।
केही समय अगाडी बलिउड अभिनेता सलमान खानसँगको उनले खिचेको तस्बिरले पनि मिडियामा निकै चर्चा परिचर्या पायो । जन्मदिनको अवसरमा उनले सलमान खानको बारेमा अन्य कुराहरू पनि भन्न भ्याइन ।
थप जानकारी हेरौँ तलको भिडियोबाट ।