बलिउड अभिनेता ऋषि कपूरका भाइ राजीव कपूरको निधन भएको छ। ऋषि कपूरको निधन भएको एक वर्ष पनि नबित्दै उनका भाइ राजीव कपूरको पनि निधन भएको हो। ऋषि कपूरको २०२० को अप्रिल ३० मा निधन भएको थियो । उनको निधन भएको १० महिना समेत पुगेको छैन।
https://www.instagram.com/p/CLEE5tJgt25/?utm_source=ig_embed
कपूरको मंगलबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। राजीवको निधन हृदयाघघातका कारण भएको बताइएको छ। कपूरको निधन भएको दाजु रणधीरले पुष्टि गरेका छन्।
राजीवलाई हृदयाघघात भएपछि उनका दाजु रणधीरले उनलाई चेम्बुरको इनलक्स अस्पताल पुर्याएका थिए। तर, डाक्टरले अस्पतालमा उनलाई मृत घोषित गरेका थिए। भाइको निधन भएपछि रणधीरले डाक्टरहरुले उनलाई बचाउन पूरा कोसिस गरेपनि सफल हुन नसकेको जानकारी गराएका छन्।