आइतबार नेपालको पुँजीबजारमा एकैदिन दुइवटा रेकर्ड बनेको छ । साताको दोस्रो दिनको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड राख्न सफल भएका छन् ।
सो दिनको नेप्से परिसूचक ३७.४८ अंकले बढेर २५६१.४८ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.२८ अंकले बढेर ४६६.६० बिन्दुमा पुगेको छ ।
त्यस्तै, उच्च अंकले बढेको बजारमा १० अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन नेपाली पुँजीबजारको इतिहासकै उच्च कारोबार हो । हिजोमात्रै १० अर्ब ४४ करोड रुपैंया बराबरको कारोबार भएको थियो ।
आज २०६ कम्पनीको २ करोड ११ हजार ५५५ कित्ता सेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर किनबेच भएको छ भने ग्रामिण विकास बैंक लघुवित्त संस्थाले सबैभन्दा धेरै कमाएका छन् ।