
सुल्झिएको भनिएको अभिनेत्री सुष्मा कार्कीको विवाद झन् बल्झिएको छ । दरबारमार्ग को नाइट क्लब लन्डन पबमा अभिनेत्री श्वेता खड्का, उनकी बहिनी आरती खड्का र रङ्ग पत्रकार उत्सव रसाइलीबाट आक्रमणमा परेकी सुष्मा आइतबार आफूले न्याय नपाएको भन्दै अभिनेत्री महानगरीय प्रहरी परिसर टेकु पुगेकी छिन् ।
सुष्माले आफूलाई श्वेता खड्काको बहिनी आरती खड्काले पछाडिबाट कपाल लुछेर भुईँमा बजारेको बताएकी थिइन् त्यसको भोलिपल्ट पत्रकार उत्सव रसाइली माफी मागेको र आफूले माफी दिएसँगै यो विवाद सुल्झिएको बताएकी थिइन् तर त्यहाँ गल्ती आरतीले गरेको तर माफी किन उत्सवले मागे भन्ने कुरा बुझिएको थिएन ।
हाम्रो कला टिभीसँगको विशेष कुराकानीमा उनले श्वेताको पोल खोल्नेदेखि उनको माझी बस्तीसँग जोडिएको समाजसेवामाथि प्रश्नसमेत गरेकी छिन् । श्वेता राति एउटा, दिउँसो अर्कै रूप रहेको उनले खुलाएकी छिन् ।
मिलापत्र भयो भनिएको विवादलाई लिएर सुष्मा फेरि किन पुगिन् प्रहरी कार्यालय ? श्वेतामाथि उनका प्रश्न र आरोपहरू के के हुन् त ?
बाँकी भिडियोमै हेर्नुस् विशेष कुराकानी :