गाउँ गाउँ बाट मानिस उर्लिएपछि,
सहरमा केही त अवश्य ढल्छ….
चेतनाको लहर फैलिएपछी,
सहरमा केही त अवश्य ढल्छ….
कमरेड!
त्यसको भ्रम ढल्छ…
त्यसको घमण्ड ढल्छ…
त्यसको अहंकार ढल्छ…
त्यसको दम्भ ढल्छ…
त्यसपछि,
त्यसको मस्तिष्क गल्छ…
त्यसको शरीर गल्छ…
त्यो आत्तिदै सिंहासनबाट उठ्न खोज्छ…
वरिपरि नन्दी भृङ्गी खोज्न थाल्छ….
कोही नभेटेपछि जुरुक्क उठ्छ…
त्यसले चारैतिर अन्धकार देख्छ…
मुर्मुरिदै भित्तोमा आफ्नो टाउको ठोक्छ…
अनि त्यो,बहुलाहा,सन्की,नालायक तानाशाह..
भुइँमा गर्ल्याम्म लड्छ…
त्यसको सत्ता,त्यसको प्रतिगमन त्यो सङै ढल्छ…
हो कमरेड,
गाउँ गाउँ बाट मानिस उर्लिएपछि,
सहरमा केही त अवश्य ढल्छ….