
अभिनेत्री सुष्मा कार्कीले श्वेता खड्काकी सहोदर बहिनी आरती खड्काले पछाडीबाट जगल्टा लुझेर भुईमा पछारेकी बताएकी छिन् ।
हिजो लण्डन पबमा आफूमा गाली गलौज र कुट पिट गरेको भन्दै आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिन पुगेकी कार्कीले पत्रकारहरुसँग कुरा गर्दै आफूलाई पछाडीबाट कपाल तानेर भुइमा लडाएको बताएकी हुन् ।
उनले मंगलवार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।
सुस्माले क्याफेमा भएको झ गडाको भिडियो समेत प्रहरीमा बुझाएको बताइन् ।
सोमवार साँझ अनिता बाँस्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा अभिनेत्री श्वेता खड्का, उनका श्रीमान् विजयन्द्र सिंह रावतसहित आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पहिलेदेखिनै साथीहरुसँग रहेकी थिइन् ।
त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा बादबिवाद भएको र आफूमाथि आरतीले कुट पिट गरेको सुष्माले उजुरीमा उल्लेख गरेकी छन् ।
श्वेता खड्काले पनि आफूलाई गाली गलौज गरेको उनको भनाई छ ।
हेर्नुहोस भिडियो
र यो पनि हेर्नुहोस्
भाइरल ब्वाय सचिनका बाबु र पुन्य गौतम भन्छन् “मेरो छोरा भेडाबाख्रा हुँदा बिमल भेडा भएनन् र ? हेर्नुहोस् भिडियो