
अभिनेत्री सुष्मा कार्कीले आफूमाथि गाली गलौज र कुटपिट गरेको भन्दै अभिनेत्री श्वेता खड्काकी सहोदर बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।
उनले मंगलवार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।
आरती खड्का र उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै उजुरी परेको प्रहरी वृत्त दरबारमार्गले पुष्टि गरेको छ ।
सुस्माले क्याफेमा भएको झगडाको भिडियो समेत प्रहरीमा बुझाएको बताइन् ।
सोमवार साँझ अनिता बाँस्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा अभिनेत्री श्वेता खड्का, उनका श्रीमान् विजयन्द्र सिंह रावतसहित आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पहिलेदेखिनै साथीहरुसँग रहेकी थिइन् ।
त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा बादबिवाद भएकोर आफूमाथि आरतीले कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गरेकी छन् ।
श्वेता खड्काले पनि आफूलाई गाली गलौज गरेको उनको भनाई छ ।
घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । यता उसत्वले भने कार्कीले तथानाम गाली गरेको र आफुमाथि दुर्व्यवहार भएपछि आरती खड्काले आफुलाई प्रोटेक्ट गर्न झापड हानेको बताएका छन् ।