बलिउड फिल्मको इतिहासमा हालसम्म कैयौं सानदार फिल्म बनिसकेका छन् र आगामी दिनमा बन्ने तयारीमा पनि छन् ।
केही फिल्महरु दर्शकका लागि दीर्घकालिन सम्झनाका रुपमा छन् । भारतमा फिल्मका फ्यानको माया केवल फिल्म हेरुन्जेल मात्र छैन ।
उनीहरुको लगाव फिल्ममा प्रयोग गरिएका सामाग्रीमा पनि उत्तिकै छ । बलिउडका साना साना खबर पनि ब्रेकिङ् बन्ने गरेका छन् । त्यसमा पर्छन् आमिर खान । अहिले फेरि उनको बारेमा नयाँ खबर आएको छ ।
आमिरले काममा अवरोध गरेका कारण मोबाइल फोन प्रयोग नगर्ने निर्णय गरेका छन् । अचेल मानिस मोबाइल फोनबिना केही मिनेट बिताउन नसक्ने भइसकेका छन्। तर आमिरले भने पात्र ‘लाल सिंह चड्डा’ सार्वजनिक नहुन्जेल मोबाइल फोन नचलाउने निर्णय गरेका छन्।
दर्शकहरु यसै पनि आमिर खानका हरेक फिल्मको प्रतीक्षामा हुन्छन्। आमिरका प्राय: फिल्मजस्तै ‘लाल सिंह चड्डा’ पनि २०२१ को बहुप्रतीक्षित फिल्म हो। फिल्म आगामी क्रिसमसमा सार्वजनिक गरिने बलिउड हंगामाले लेखेको छ। यसअघि आमिरका पीके, दंगल, पिके, तारे जमिन पर, गजनीजस्ता ब्लकबस्टर फिल्म पनि क्रिसमसकै बेला सार्वजनिक भएका थिए।