२०७७ साल पौषशुक्लपक्ष माघ १४ गते बुधवार चतुर्दशी तिथि पुनर्वसु नक्षत्र चन्द्रमा मिथुन राशिमा ।
मेष राशि :
घर परिवारमा कलहको वातावरणले सिर्जना हुने देखिन्छ । आमाको स्वास्थ्यमा आएको समस्याले गर्दा आर्थिक नोक्सानी हुनेछ । यात्राको अवसर भने मिल्न सक्नेछ । व्यवसाय मध्यम खालको हुनेछ ।
वृष राशि :
आर्थिक पक्ष राम्रो छ । फसेको धन वा कसैले सापटी लगेको धन फिर्ता हुने समय छ । दाजुभाई दिदीबहिनीसँगको सम्वन्ध राम्रो भएर जानेछ । पराक्रम बढ्नुका साथै ठूला व्यक्तिले प्रशंसा गर्नेछन् ।
मिथुन राशि :
बोल्दा विचार पुर्याउनु होला अन्यथा बोलीको कारण झ-गडाको सामना हुन सक्दछ । दाँत वा घाँटीमा समस्या पनि देखापर्न सक्नेछ । आउँदै गरेको धन रोकिन सक्छ । मन बेचैन हुनेछ ।
कर्कट राशि :
व्यत्तित्वको प्रभाव राम्रो हुनुका साथै अरुको मन सजिलै जित्न सकिनेछ । पराक्रम बढेर जानेछ । काममा सफलता प्राप्त हुनुका साथै पुरस्कारहरु पाउन सक्नुहुनेछ । मान सम्मानमा वृद्धि हुनेछ ।
सिंह राशि :
समय राम्रो छैन अर्थिक हानी वा बहुमुल्य सामान हराउन सक्छ । गरेको काममा विभिन्न खालका बाधा अढ्चन देखा पर्न सक्नेछ । स्वाथ्यमा पनि समस्या देखापर्न सक्छ ।
कन्या राशि :
देश विदेश वाट लाभ लिन सक्ने समय छ । दाजु वा दिदीको सहयोगले महत्वपूर्ण काम बन्नेछ । आर्थिक लाभका साथै काममा सफलता मिल्नेछ । सहयोग गर्नेहरु भेट्न सक्नुहुनेछ ।
तुला राशि :
आफूले मेहनत गरे अनुसारको सफलता हात पर्ने छ । सहयोग गर्ने व्यक्तिको कारणले गर्दा अधुरा कामहरु पनि सम्पन्न हुनेछन् । दिन राम्रो छ मन खुशी हुनेछ ।
वृश्चिक राशि :
व्यापार वा व्यवसायबाट राम्रो लाभहात मिल्नेछ । नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने समय राम्रो छ । लामो समयदेखि रोकिएर रहेका कामहरु सम्पन्न हुने देखिन्छ ।
धनु राशि :
गुप्त विद्या प्राप्त हुनेछ । चोटपटकको सम्भावना छ त्यसैले सावधानी अपनाउनुहोला । शत्रुको कारण काममा बाधा अड्चन आउनेछ । साथीभाइ सँगको सम्वन्धमा कुनै कुराले गर्दा मनमुटाव हुन सक्नेछ ।
मकर राशि :
व्यापार व्यवसाय राम्रो हुनुका साथै आर्थिक लाभ सोचेभन्दा राम्रो हुने छ । दाम्पत्य जीवनमा भएका समस्याहरु हटेर जानेछन् ।
कुम्भ राशि :
शत्रु बढ्नका साथै काममा बाधा पार्नेहरुको संख्या बढ्ने देखिन्छ । नयाँ ठाउँमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने धेरै विचार गरेर मात्र लगानी गर्नुहोला । समय खासै राम्रो छैन ।
मीन राशि :
सन्तान सुख पाउने अवसर मिल्नेछ । विद्यार्थीको लागि अध्ययन क्षेत्र राम्रो भएर जानेछ । प्रेम प्रसंग पनि राम्रो भएर जानेछ ।