कार्तिक आर्यन, जान्हवी कपूर र लक्ष लालवानीको अभिनय रहने दोस्ताना २ बहुप्रतिक्षित फिल्म मध्यको एक हो ।
समलिङ्गगीको सम्बन्धको विषयलाई सरल तरिकाले प्रस्तुत गरे पछि दोस्ताना २ को सिक्वलले राम्रो प्रतिक्रिया पाउने कुरामा फिल्ममेकर आशावादी रहेका छन् ।
तर फिल्मको सुटिङको बिचमा दियो निभेपछि दोस्ताना २ को युनिट आत्तिएका छन् । यो त अशुभ संकेत हो भन्दै उनीहरु डराएको भारतीय मिडियाहरुले जनाएका छन् ।
नायक जोन अव्राहिम, अभिषेक बच्चन र नायिका प्रियंका चोपडाले काम गरेको ‘दोस्ताना’ हिट भएको थियो । यो चलचित्रको सिक्वेलमा भने ‘दोस्ताना’का कुनै पनि कलाकार रहने छैनन् । चलचित्रका लागि अर्का एक पुरुष कलाकार नयाँ लिने करणको तयारी छ । नयाँ नायकको घोषणा चाडै नै गर्ने करणले ट्विट गरेर जानकारी दिएका छन् ।
चलचित्र ‘धडक’को औषत व्यापारपछि नायिका जान्वीको करिअर उचाइमा पुग्न सकेन । यसैले पनि करणले अहिले जान्वीको करिअर सम्हालेका छन् ।