बलिउड अभिनेता वरुण धावन र नताशा दलालको विवाह निकै चर्चामा रह्यो। देशभरका सेलिब्रेटी तथा फ्यानहरुले उनलाई विवाहको शुभकामना दिईरहेका छन्।
साउथ एक्ट्रेस श्रद्धा श्रीनाथले पनि वरुण र नताशालाई विवाहको लागि बधाई दिएकी छिन्। मजेदार कुरा यो छ कि श्रद्धाको बधाई दिने तरिका अरु भन्दा केही अलग छ। उनले व्यंग्यात्मक रुपमा वरुण र नताशालाई शुभकामना दिएकी छिन्।
श्रद्धाले लेखेकी छिन् – ‘यस कुराको अफसोस छ कि हामीले उनलाई अब स्क्रिनमा फेरि देख्न पाउनेछैनौँ। यो कुरा स्पष्ट छ कि उनकी पत्नी नताशा तथा नताशाका बुबाआमाले अब वरुणलाई कुनै दोस्रो हिरोइनसँग काम गरेको हेर्न सक्दैनन्। शायद अब उनी मेल ओरिन्टेड फिल्म गर्नेछन्। तर कसरी उनले आफ्नो व्यक्तिगत जीवन र कार्य जीवनलाई सन्तुलित गर्नेछन। उनलाई सम्झिनेछु। फेरी पनि…बधाई वरुण।’
वरुणले पहिलो पटक नताशासँगको सम्बन्धबारे सन् २०१८ मा ‘कफी विद करण’ मा सार्वजनिक गरेका थिए।
हालैमात्र पनि उनले करिना कपुरको रेडियो कार्यक्रम ‘ह्वाट विमेन वान्ट’मा नताशासँगको सम्बन्धबारे बोल्दै कसरी उनीहरूको प्रेम सम्बन्ध गाँसियो भनेर बताएका थिए।
जसमा वरुणले भनेका थिए, ‘नताशाले मेरो प्रेम प्रस्ताव ३-४ पटक अस्वीकार गरिन्। तर मैले हार मानिनँ। आस मारिनँ।’
वरुणले नताशालाई पहिलो पटक ६ कक्षामा हुँदा भेटेको थिए। वरुण र नताशा मुम्बईस्थित मनेक्जी कुपर एडुकेसन ट्रस्ट स्कुल जान्थे। ११-१२ पढ्दासम्म उनीहरू मिल्ने साथी भए। पछि वरुणले नताशालाई प्रेम प्रस्ताव राखे। तर नताशाले स्वीकारिनन्।
वरुणले पनि हार नमानी समय-समयमा प्रेम प्रस्ताव राखिरहे। अन्ततः नताशाको मन जित्न सफल भए।
वरुणकी श्रीमती नताशा फेसन डिजाइनर हुन्। यो जोडी बिहे गर्ने तयारीमा रहेको हल्ला अघिल्लो वर्ष खुबै चलेको थियो। यस विषयमा नताशाले त्यसबेला ‘हेल्लो म्याग इन्डिया’ लाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘विवाह त गर्ने हो, तर अहिले नै होइन।’
वरुणले २०१७ मा मुम्बइको जुहुमा आफ्नै फ्लाट किनेका थिए । उनले आफ्ना गुरु अनुपम खेरलाई प्रवेश गराएर घरको उट्घाटन गरेका थिए ।
वरुणले नतासालाई त्यही घरमा राख्ने भारतीय मिडियाले जानकारी दिएका छन् ।