नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
हिजो मंगबारको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय रुपैंयाले गिरावट आएको छ भेन चाँदीमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार १ सय र तेजावी सुन तोलाको ९१ हजार ६ सय निर्धारण भएको छ ।
चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैंया घटेर आज १२ सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।