पोखरा- पछिल्लो समयको निकै चर्चित सामाजिक सञ्जाल टिकटकको लागि भिडियो बनाउने क्रममा पोखरामा बालिकाको ज्यान गएको छ ।
उनी टिकटक भिडियो बनाउने क्रममा अचानक लड्न जाँदा ज्यान गएको प्रहरीले जनाएको छ ।
यहीँ माघ ११ गते आइतवार पोखरा महानगरपालिका-१४ मनकामनाटोल बस्ने ८ वर्षकी प्रनिषा बाँनिया घरको छतमा बसेर टिकटक बनाउने क्रममा अचानक लडेर गम्भिर घाइते भएकी उनको उपचारको लागि पोखराको अमरसिंहचोक स्थित पार्कल्याण्ड अस्पतालमा लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरे ।