अर्घाखाँचीमा एक बाबुले छोरीको ह त्या गरेका छन् । जिल्लाको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको ह त्या गरेका हुन् । घिमिरेले दुई वर्षीया छोरीको ह त्या गरेको इलाका प्रहरी कार्यालयलाई उद्धित गर्दै रातोपाटीले समाचार छापेको छ ।
विगत केही महिनादेखि श्रीमानसँगको घरायसी विवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन् । बाबुसँगै बसेकी दुई वर्षीया छोरीको ह त्या गरिएको बस्नेतले बताए । घटनामा संलग्न घिमिरेलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।