नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा थप ३०३ जना भाइरसको संक्रमण भेटिएसँगै कोरोना संक्रमितको कूल संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर रहेका प्रयोगशालामा ४ हजार ५७४ जनाको नमूना परिक्षण गर्दा १७३ पुरुष र १३० महिलामा कोरोनाको संक्रमण पाइएको छ ।
पछिल्लो २४ घन्टामा २८५ जना भाइरसमुक्त भएसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको थियो । थप ६ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म २० लाख ५२ हजार ६८७ जनाको नमूना परिक्षण भैसकेको छ । अहिले १२२ जना क्वारेन्टाइनमा र ३ हजार २५२ जना आइसोलेसनमा रहेका छन् ।
आज भेटिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९८ पुरुष र ७४ महिला गरी कूल १७२ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।