साताको दोस्रो दिन आज सोमबार पनि सुनको मूल्यमा गिरावट आएको छ ।
आइतबार ९२ हजार ६ सय रुपैयाँमा करोबार भइरहेको सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । आइतबार ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला २ सयले घटेर ९१ हजार ९ सय रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार आज पनि चाँदीको मूल्य भने यथावत रही प्रतितोला १२६० रुपैयाँ कारोबार भइरहेको छ ।