बलिउड अभिनेत्री कंगना रनौत प्रायजसो कुनै-कुनै कारण चर्चामा रहन्छिन् । कंगना सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।
१७ वर्षको उमेरमा मन्डीबाट आफ्नो करिअरको सुरुवात गरेकी कंगना अहिले बलिउडकी चर्चित नायिकाको गिन्तीमा पर्छिन्।
कंगना बलिउडकी यस्ती अभिनेत्री हुन्, जो स्टारडमका कारण नभई साधारण र मन छुने अभिनयका कारण चर्चित छिन्।हिमाञ्चल प्रदेशको सानो शहरबाट उनले फिल्मी करिअरको सुरुवात गरेकी हुन्।
कंगनाले दशकअघिको दिन सम्झना गर्दै भाबुक बनेकी छिन् । कंगनाले आफ्नो फ्यान पेजमा पोस्ट भएको फोटोमा प्रतिक्रिया जनाउँदै ११ वर्षअघिको घटना सम्झेकी हुन्, जुन बेला उनी ‘राष्ट्रिय फिल्म अवार्ड’बाट सम्मानित भएकी थिइन्।
भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार सन् २००८ मा कंगना अभिनित फिल्म ‘फेसन’का लागि उनलाई सरकारले ‘राष्ट्रिय फिल्म अवार्ड’बाट सम्मान गरेको थियो। कंगनाले त्यस बेला तत्कालीन राष्ट्रपति प्रतिभा पटिलबाट अवार्ड थापेकी थिइन्।
‘पहिलो राष्ट्रिय अवार्ड। योसँग सम्बन्धित थुप्रै सम्झनाहरू छन्। म सम्मान प्राप्त गर्ने सबैभन्दा कान्छी अभिनेत्रीमध्ये थिएँ। र, अवार्ड पनि एक महिला राष्ट्रपतिबाट पाएँ,’ कंगनाले पोस्टमा प्रतिक्रिया जनाउँदै भनेकी छन्, ‘त्यो बेला मैले लगाएको लुगा आफैं डिजाइन गरेकी थिएँ। किनभने मसँग नयाँ लुगा किन्न पैसा थिएन।’