गायिका सुनिता दुलाल आफ्नो बिहेको खबर सुनेर छक्क परेकी छिन् । उनको बिहेको खबर एकाएक फैलियो ।
उक्त्त खबर एक कान दुई कान मैदान भयो । गएको भदौंमा उनले बिवाह गर्ने चर्चासँगै कोसँग र कहाँ बिवाह गर्ने भन्ने कुरा समेत फैलिएको थियो ।
त्यो खबर फैलिएसँगै सुनितालाई थुप्रै शुभचिन्तकले बधाई समेत दिए धेरैले अनुमान समेत गरेका थिए उनको विवाह भैसक्यो ।
तर यो अफ्वाह मात्र रहेको सुनिताले बताएकी छिन ।आफ्नो बिवाहको खबरले आफै आश्चर्यमा परेको सुनिताले बताइन् ।
सुनिताले उक्त्त कुरालाई प्रष्ट पारेकी छिन् । उनी भन्छिन् , ‘त्यो हल्लामात्रै थियो, त्यो दिन मेरो भाइको बिहे हुँदै थियो तर मेरो भनेर हल्ला भएछ ।’